ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘मुक्तिनाथ शेयरधनी बचत खाता’मा थप सुविधा

२०८० असोज, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन बैंक, मुक्तिनाथ क्यापिटल र शेयर ब्रोकर कम्पनीबीच त्रिपक्षीय व्यावसायिक सम्झौता भएको छ । यो सम्झौता बमोजिमका सुविधा ‘मुक्तिनाथ शेयरधनी बचत खाता’ खोल्ने ग्राहकले पाउने बताइएको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले कुनै पनि शाखाबाट तीनओटा कम्पनीहरू (बैंक, क्यापिटल र तोकिएका शेयर ब्रोकर कम्पनी)ले दिने विभिन्न सेवा सुविधा पाउने बताइएको छ । नयाँ व्यवस्था अनुसार ‘मुक्तिनाथ शेयरधनी बचत खाता’ न्यूनतम मौज्दात रू. १०० मा खोल्न सकिने, नि:शुल्क कनेक्ट आईपीएस रजिष्टे्रशन, नि:शुल्क मोबाइल र इन्टरनेट बैंकिङ सुविधा पाइने बैंकले जानकारी दिएको छ । त्यस्तै मुक्तिनाथ क्यापिटलबाट नि:शुल्क डिम्याट खाता, मेरो शेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छूट पाइने बताइएको छ । ब्रोकर कम्पनीबाट नि:शुल्क ब्रोकर खाताको सुविधा पाइने बैंकको भनाइ छ । यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाइनान्सियल सर्भिसेज (ब्रोकर नं. ७२) आबद्ध भएका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)