ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सोनापुर मिनरल्स् एण्ड आयलको पहिलो चरणको आईपीओ बाँडफाँट

२०८० असोज, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले पहिलो चरणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको ४० प्रतिशत दरको १ करोड २३ लाख २०० कित्ता आईपीओमध्ये ५ प्रतिशत आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा विक्री गरिनेमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन २९ देखि भदौ ११ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा साउन २९ देखि भदौ २६ गतेसम्म आईपीओ विक्री गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले १० लाख ७६ हजार २६८ कित्ता र आयोजना प्रभावित स्थानीयमा १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ विक्री गरेको हो । स्थानीयमा वितरण हुन नसकेको १४ लाख ३ हजार ५ कित्ता आईपीओ भने वितरण हुन नसकेको जानकारीसमेत कम्पनीले दिएको छ । स्थानीयमा वितरण हुन नसकेको उक्त कित्ता शेयरसमेत थप गरी वैदेशिक रोजगारीमा रहेका नेपालीमा १२ लाख १६ हजार ५६८ कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले प्रिमियम मूल्यसहित आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड छ । यस कम्पनीले दाङमा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ जेठ १८ गतेदेखि कम्पनीले उत्पादन शुरू गरेको हो ।

सूचना हेर्न यहाँ क्लिक गर्नूहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)