ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सनराइज फर्स्ट म्युचुअल फण्डले तय गर्‍यो बुक क्लोजको मिति 

२०८० असोज, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रस्ताव गरेको प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।

फण्डले असोज १४ गते बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट इकाईधनीहरूलाई करसमेत १६ प्रतिशत नगद लाभांश प्रतिफल वितरण गर्न लागेको हो । योजना व्यवस्थापक सनराइज क्यापिटलको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने निर्णय गरेको थियो ।

अघिल्लो वर्षको मुनाफाबाट करसमेत १२ प्रतिशत प्रतिफल वितरण गरेको फण्डले यस वर्ष बढाएर प्रतिफल वितरण गर्न लागेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)