ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा सेक्यूरिटीजले बोलायो साधारण सभा, २.५ % लाभांश प्रस्ताव

२०८० असोज, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेडले असोज २६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे काठमाडौं पुतलीसडकस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । नयाँ ब्रोकर कम्पनीको रूपमा सञ्चालित यस कम्पनीले पहिलो वर्ष नै शेयरधनीहरूलाई २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ । 

सभाको विशेष प्रस्तावमा प्रबन्धपत्रमा अन्य कम्पनीको शेयर, डिबेन्चर, बण्ड, म्युचुअल फण्ड आदिमा लगानी गर्ने उद्देश्य थप गर्ने उल्लेख छ । प्रबन्धपत्रको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाव भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)