ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट: हात्तीपोलोसँगै मेघौलीमा पर्यटक बढे

२०८० असोज, ४  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

अन्तरराष्ट्रिय हात्तीपोलो प्रतियोगितासँगै चितवनको मेघौलीमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । सोमवारबाट शुरू भएको हात्तीपोलो प्रतियोगितासँगै मेघौलीका १ दर्जन होटल, लज तथा होम स्टेहरू भरिभराउ भएको पर्यटन विकास समितिका अध्यक्ष इन्द्रबहादुर केसीले बताए । उनले भने, ‘अहिले दैनिक सरदर ४० जना पर्यटक मेघौली आउने गरेका छन् ।’ २ सय पर्यटक क्षमता रहेको मघौलीमा एक हप्तादेखि पर्यटकको संख्या बढेको हो । केसीका अनुसार अहिले दैनिक ४० भन्दा बढी विदेशी पर्यटक मेघौली आउने गरेका छन् । हात्तीपोलो प्र्रतियोगिताकै कारण मेघौलीमा पर्यटकको चाप बढेको समितिका अध्यक्ष केसीले बताए । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालित होटल विवादका कारण प्रतियोगिता बर्दियामा भएको थियो । केसीले भने, ‘अघिल्लो वर्ष प्रतियोगिता बर्दिया सर्दा निकै घाटा लाग्यो । यस वर्ष पुन: सञ्चालनमा आएको छ । यसलाई निरन्तरता दिनुपर्छ ।’ हाल टाइगर टप्स होटलले सञ्चालन गर्दै आएको हात्तीपोलो प्रतियोगितालाई निरन्तरता दिन जिल्ला विकास समितिको सहयोगमा योजना बनिरहेको पर्यटन विकास समिति, मेघौलीले जानकारी दिएको छ । केसीका अनुसार निकुञ्जभित्रका होटलहरू बन्द भए पनि प्रतियोगितालाई मेघौलीमै सञ्चालन गर्न समिति बनाएर निरन्तरता दिइने छ । 

वर्ष ६, अंक ७१ , बुधवार, १५ मंसिर, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)