ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि, यसकारण उत्साहित भए लगानीकर्ता !

२०८० असोज, ४  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन परिसूचक ४४ दशलमव ३४ अंक अर्थात् २ दशमलव २३ प्रतिशत बढेर २ हजार २९ दशमलव ७८ विन्दुमा पुगेको हो । यससँगै नेप्से परिसूचक लगातार तीन दिन बढेको हो ।

बजार बढ्दा कारोबार रकमसमेत वृद्धि भएको छ । गत भदौ ७ गते रू. ४ अर्ब ७३ करोड बराबरको शेयर कारोबार भएकोमा त्यसपछिको उच्च कारोबार आज भएको हो । 

बिहीवार २७८ धितोपत्रको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर १ लाख १९ हजार ३५९ पटकमा रू. ३ अर्ब २९ करोड बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशलमव ९८ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव १५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ८० प्रतिशत वृद्धि भएको हो । 

अर्थमन्त्री र गभर्नरबीच शेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने वा संशोधन गर्ने लगायतका विषयमा कुराकानी भएको र यसमा गभर्नर सकारात्मक भएको खबरहरू सार्वजनिक भएपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो । १२ करोडको क्यापले शेयर बजारमा समस्या ल्याएको लगानीकर्ताले बताउँदै आएका छन् ।

यद्यपि, नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा अहिलेसम्म औपचारिक निर्णय भने गरिसकेको छैन । लगानीकर्ताले १२ करोडको क्याप र १५० प्रतिशतको जोखिमभारलाई शेयर बजारको बाधक नीतिका रूपमा लिँदै आएका छन् । अहिले पनि ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जामा जोखिमभार १५० प्रतिशत कायम छ ।

५० लाखभन्दा कमका साना कर्जामा भने १०० प्रतिशत मात्र जोखिमभार लागू गरिएको छ । लगानीकर्ताले शेयर बजारको दिगो सुधारका लागि धितो कर्जामा जोखिमभार १०० प्रतिशत मात्र निर्धारण गरिनुपर्ने बताउँदै आएका छन् ।

यसो त सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । यस कारण पनि शेयर बजारमा खरीदकर्ता आकर्षित भएको लगानीकर्ता बताउँछन् । 

कारोबारमा आएका धितोपत्रमध्ये चार धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । नेशनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो । 

बिहीवार सबैभन्दा बढी एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ४ दशमलव ०७ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । इकाई मूल्य रू. ७ दशलमव ७७ मा झरेको छ । त्यस्तै अभियान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ९८ प्रतिशत घटेर रू. ७ सयमा कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सन नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । कम्पनीको रू. २० करोड १८ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आजदेखि आएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू. १३ करोड ९६ लाख बराबरको भएको हो । 

यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक ५ दशमलव ३१ प्रतिशत वृद्धि भएको छ । उक्त समूहका अधिकांश कम्पनीहरूको शेयर मूल्य उच्च दरले वृद्धि भएसँगै समूहगत परिसूचक बढेको हो । त्यस्तै दोस्रोमा वित्त समूहको परिसूचक ४ दशमलव ३८ प्रतिशत र विकास बैंक समूहको ३ दशलमव ७७ प्रतिशतका दरले वृद्धि भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)