अबको पाँच वर्षभित्रमा नेपाल स्वास्थ्य सहकारी संस्था लिमिटेडले सहकारी विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । विश्वमा नै सहकारीमा विशेष शिक्षा दिने विश्वविद्यालयहरू अत्यन्त कम रहेको अवस्थामा यो एउटा नौलो प्रयास हो । यदि यो योजनाले सार्थकता पाउन सक्यो भने सहकारीको विकास र सहकारी शिक्षाका लागि यो कोशेढुंगा सावित हुनेछ । विश्वमा सहकारीमा विशेषज्ञ सेवा दिने विश्वविद्यालयको संख्या अत्यन्त कम छ । यस्तो अवस्थामा यदि स्वास्थ्य सहकारीले विश्वविद्यालय स्थापना गर्नसक्यो भने त्यो विश्वकै लागि नमुना हुनेछ । त्यो नेपाली सहकारी अभियानका लागि एउटा पृथक् उपलब्धि हुने निश्चित छ । नेपालमा पनि कि त सरकारी कि त निजी विश्वविद्यालयहरू रहेको अवस्थामा त्यसले आफ्नो छुट्टै पहिचान पनि स्थापना गर्नेछ । विश्वविद्यालयले विशेषज्ञ शिक्षा प्रदान गर्नसक्यो भने यो सहकारी अध्ययनको केन्द्र बन्न सक्छ । नेपालमा २० हजारभन्दा बढी सहकारी संस्थाहरू रहे पनि यससम्बन्धी शिक्षा एकदमै कम दिने गरिएको छ ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक ७२, बिहीवार, १६ मंसिर, २०६७