ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भोटाहिटीमा इन्द्रजात्राको तयारी, काभ्रेनालाबाट तानेर ल्याईएको लिङ्गो हनुमानढोका पुर्‍याइदै

२०८० असोज, ६  
Slider
Aarthik Abhiyan 18th Anniversary Image Not Found
शनिवार काठमाडौंको भोटाहिटीबाट ईन्द्रध्वजको लिङ्गो डोरीले तानेर नगर प्रवेश गराउँदै स्थानीयहरु । सुनिल शर्मा /आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । शनिवार विहान १०: ३९ को शुभ साइतमा गुरुज्यू पल्टनको बाजागाजासहित नेपाली सेनाका जवानहरु, धालासिक्व मानन्धर गुठीका गुठीयारहरु तथा स्थानीयहरुको सहकार्यमा भोटाहिटीबाट डोरीले लिङ्गो तानेर हनुमानढोका पुर्‍याएका छन् । यो लिङ्गो असोज ९ गते विहान १०:३७ को शुभ साइतमा ठड्याए पछि राजधानीमा ईन्द्रजात्रा पर्व विधिवत शुरू हुन्छ ।

जात्रामा ठड्याइने ३२ हातको ईन्द्रध्वज काभ्रेनालाको जंगलबाट ल्याईएको हो । लिङ्गो काठमाडौं ल्याउँदा काभ्रेदेखि काठमाडौंका स्थानीयको सहभागितामा एक स्थानका स्थानीयले अर्को स्थानका स्थानीयलाई भोज खुवाई हस्तान्तरण गर्दै काठमाडौ ल्याउने चलन छ । कोरोनाकाल शुरू भएपछि संभावित जोखिमलाई हेरेर सामुहिक रुपमा तानेर ल्याउन नसकिने भएपछि विगतका वर्ष डोजर प्रयोग गरिएको थियो । तर, गतवर्ष कोरोना कहर सकिएको भएपनि डोजरले तानेर ल्याएइको भन्दै संस्कृति संरक्षण सरोकारहरूले आपत्ती जनाएका थिए । यसपटक भने मनिसले नै डोरीले तानेर लिङ्गो काठमाडौं ल्याएका हुन ।

इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा नेवार समुदायले मनाउने जात्रा हो । आठ दिनसम्म मनाईने यो जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई चौथी अर्थात् इन्द्रध्वज पतनसम्म चल्छ । विभिन्न नाचगानका साथ रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो ठड्याउने प्रचलनको सम्बन्धमा विभिन्न पुराण तथा ग्रन्थमा उल्लेख गरिएको पाईन्छ ।

आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको किम्बदन्ती रहेको छ ।

त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन पाईन्छ। इन्त्रजात्रा को प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)