ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढेको बजारमा प्रोफिट बुक भएसँगै सामान्य अंक घट्यो नेप्से

२०८० असोज, ७  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १९ दशमलव ४२ अंक अर्थात् शून्य दशमलव ९५ प्रतिशत घटेको छ । यससँगै परिसूचक २ हजार १० दशमलव ३५ विन्दुमा झरेको हो ।

लगातार तीन दिन बढेपछि बजार आज सामान्य करेक्सनमा गएको हो । बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै आइतवार बजार घटेको हो । तीन कारोबार दिनमा बजार ६४ दशमलव ८४ अंक बढेको थियो । शेयर धितो कर्जाको सीमा हट्ने खबर सार्वजनिक भएपछि बजार बढेको थियो । पछिल्लो समय धेरैजसो लगानीकर्ताहरूले बजार केही बढ्नेबित्तिकै प्रोफिट बुक गरिहाल्छन् । सोही कारण पनि बजार केही दिन बढ्नेबित्तिकै घटिहाल्छ । 

आइतवार २८५ धितोपत्रको ९० लाख ३ हजार ९४१ कित्ता शेयर ८१ हजार १० पटकमा रू. २ अर्ब ३२ करोड बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६८ प्रतिशत घटेको हो । 

यस दिन कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था र एशियन हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको छ ।  

आइतवार सबैभन्दा बढी शुभम पावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९४५ मा झरेको छ । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड २ को इकाई मूल्य ५ दशमलव ४५ घटेर रू. ८ दशमलव ५० कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा माछापुच्छ्रे बैंकले ओगटेको छ । यस कम्पनीको रू. १३ करोड २४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २६३ दशमलव ६० कायम भएको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि (असोज ८ गते) बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । सोही कारण कम्पनीको सर्वाधिक शेयर कारोबार भएको हो । 

आइतवार सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू. ९ करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये लघुवित्त समूहको शून्य दशमलव ९९ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक १ दशलमव ९८ प्रतिशत घटेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)