ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१५ म्युचुअल फण्डले घोषणा गरे लाभांश, कसको कति ?

२०८० असोज, ७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लाभांशको सिजन शुरु भएसँगै १५ म्युचुअल फण्डले आफ्ना इकाईधनीहरूलाई लाभांश वितरणको घोषणा गरेका छन् । म्युचुअल फण्डहरूले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका हुन् । तीमध्ये ५ म्युचुअल फण्डले अघिल्लो वर्षको तुलनामा लाभांश बढाएका छन् भने ६ ओटाले घटाएका छन् । गत वर्ष ४ ओटा म्युचुअल फण्डले लाभांश वितरण गरेका थिएनन् ।

लाभांश घोषणा गरेकामध्ये एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत भदौ १७ गतेदेखि इकाईधनीहरूको बैक खातामा नगद लाभांश पठाउनसमेत शुरु गरिसकेको छ । 

केही म्युचुअल फण्डले भने लाभांश वितरणको लागि बुक क्लोज गरिसकेका छन् । एनआईबिएल सहभागिता फण्ड, सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २, लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड २, कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले बुक क्लोज गरिसकेका हुन् । 

केही म्युचुअल फण्डले भने बुक क्लोज गर्ने तयारी गरेका छन् । सानिमा इक्वीटी फण्डले असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा यही असोज ११ गतेसम्म कायम इकाईधनीहरूले नगद लाभांश पाउनेछन् । 

त्यस्तै, एनएमबि फिप्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले पनि नगद लाभांश वितरणको लागि असोज १२ गते बुक क्लोज गर्ने जानकारी दिएका छन् । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरूले यी फण्डको लाभांश पाउनेछन् । यी दुवैै फण्डले गत वर्षको मुनाफाबाट करसहित १५/१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । 

त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डले पनि लाभांश वितरणको लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरू नगद लाभांश पाउन योग्य हुनेछन् । फण्डले गत आवको मुनाफाबाट करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रभु सेलेक्ट फण्डले नगद लाभांश वितरणको लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरूले लाभांश पाउनेछन् । फण्डले गत आवको मुनाफाबाट ९ दशलमव ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । 

सानिमा इक्वीटी फण्डको लाभांश सर्वाधिक

सानिमा इक्वीटी फण्डले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई करसहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस फण्डले प्रस्ताव गरेको नगद लाभांश म्युचुअल फण्डहरूमध्येकै सर्वाधिक हो । 

एनआईबिएल सहभागिता फण्डको लाभांश सर्वाधिक घट्यो 

म्युचुअल फण्डहरूमध्ये एनआईबिएल सहभागिता फण्डको लाभांश सर्वाधिक घटेको छ । उक्त फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा ४४ दशलमव ४४ प्रतिशत घटेको हो । फण्डले अघिल्लो वर्ष आफ्ना इकाईधनीहरूलाई ७ दशलमव २ प्रतिशत नगद लाभांश करसहित वितरण गरेकोमा गत वर्ष ४ प्रतिशतमा झरेको छ । 

म्युचुअल फण्डहरूले गत वर्ष र यो वर्ष घोषणा गरेको लाभांश र घटबढ प्रतिशत

स्रोत : फण्डहरूद्वारा प्रकाशित सूचनाबाट । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)