ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा महिला उद्यमी मेला शुरु 

२०८० असोज, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । उद्योग वाणिज्य संघ, चितवनको परिसरमा महिला उद्यमी मेला शुरू भएको छ । मेलाको शनिवार प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले उद्घाटन गरिन् । 

उद्धघाटनपछि बोल्दै श्रेष्ठले महिला उत्पादनमा जोडिनु आवश्यक रहेको बताइन् । उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने भन्दै उनले महिला उद्यमी मेलाले चितवन र आसपासका महिलाहरूलाई उद्यमी बनाउन मद्दत पुग्ने बताइन् । 

कार्यक्रममा जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उत्पादनबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । राज्यले नीति निर्माण गर्दा आधा आकाश ढाक्ने महिलाहरूका मुद्दामा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो  ।

उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, भरतपुर–१ का वडाअध्यक्ष केशव महर्जन, भरतपुर महानगरका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेल, चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती लगायतले उद्यम उद्यमशीलता, उत्पादन, आत्मनिर्भर लगायतका विषयमा जोड दिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)