ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट: राप्तीमा पहिलो प्रशोधित पानी उद्योग

२०८० असोज, ८  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

राप्ती अञ्चलको पहिलो खानेपानी उद्योग स्वर्गद्वारी ड्रिंकिङ वाटरबाट उत्पादित प्रशोधित पानी मिनरल वाटरको बजार क्रमश: विस्तार भइरहेको छ । विसं २०६६ असारदेखि सञ्चालनमा आएको यस उद्योगले दैनिक १० हजार प्रशोधित लिटर पानी उत्पादन गर्दै आएको धर्मेन्द्र केसीले अभियानलाई बताए । उनले भने, ‘उद्योगबाट उत्पादित पानीको बजार दाङका अतिरिक्त सल्यान, प्युठान, रुकम, रोल्पा जिल्लासम्म विस्तार भएको छ । सो उद्योगले हिउँदमा भने दैनिक ४ हजार लिटर पानी मात्र उत्पादन गर्दै आएको छ । 

करीब रू ६० लाखको लगानीमा स्थापित सो उद्योगको ५ घण्टामा १ हजार लिटर पानी प्रशोधीकरण गर्ने क्षमता रहेको छ । उद्योग सञ्चालक केसीले ओजोनेशन प्रविधिबाट पानी शुद्धीकरण गर्ने गरिएको पनि बताए । दुईवटा शुद्धीकरण मेसिन रहेको सो उद्योगबाट उत्पादित प्रशोधित पानी १ लिटरको बोतलदेखि २० लिटरसम्मका जारमा उपलब्ध छन् । केसीका अनुसार उद्योगले पानी राख्ने बोतल पनि आफै उत्पादन गर्दै आएको छ । उनले भने, ‘जिल्लामै उद्योग स्थापना भएपछि प्रशोधित पानी पिउनेको सड्ख्या बढेको छ ।’ पहिले कार्यालयहरूमा मात्र प्रयोग हने प्रशोधित पानी अहिले घरघरमा पनि प्रयोग हुन थालेको छ ।

वर्ष ६, अंक ७१ , बुधवार, १५ मंसिर, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)