काठमाडौं । उपत्यकाको प्रमुख जात्रा मानिने इन्द्रजात्रा नजिकिएसँगै यसको तयारी धमाधम भइरहेको छ । जात्राको तयारीका लागि हनुमानढोका परिसरका मन्दिरहरू सिंगारिएका छन् । कुमारी, गणेश र भैरव रथ तान्ने र जात्रा मनाउने क्षेत्रका सडक मर्मत भइरहेका छन् । जात्रामा ठड्याइने ३२ हातको ईन्द्रध्वज पनि ल्याइसकिएको छ ।
हरेक वर्ष भाद्र शुक्ल द्वादशीका (भोलि) दिन इन्द्रध्वजोत्थानबाट जात्रा शुरु हुन्छ । भोलि बिहान १०ः३७ को शुभ साइतमा लिंगो ठड्याएपछि जात्रा विधिवतरूपमा शुरू हुने जानकारहरू बताउँछन् । उक्त जात्रा भाद्र कृष्ण चतुर्थी अर्थात् इन्द्रध्वज पतनसम्म चल्छ ।
इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत क्षेत्रका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा मनाउँछन् । जात्राका अवसरमा विभिन्न नाचगानका साथ रथयात्रा गरिन्छ ।
यसरी गरिँदैछ जात्राको तयारी
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान