ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से परिसूचकसँगै कारोबार रकम घट्यो, आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

२०८० असोज, ८  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सोमवार नेप्से परिसूचकसँगै कारोबार रकम घटेको छ । यस दिन परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशलमव ८९ अंक घटेर २ हजार ४ दशमलव ४५ विन्दुमा झरेको हो । आइतवार रू. २ अर्ब ३२ करोड बराबरको शेयर कारोबार भएकोमा सोमवार भने रू. १ अर्ब ५६ करोडमा झरेको हो । 

यस दिन परिसूचक उच्च विन्दु २ हजार १५ दशमलव ५६ सम्म पुगेको थियो भने न्यून १ हजार ९९९ दशमलव ६२ विन्दुसम्म झरेको थियो । 

लगातार तीन दिन बढेको बजारमा कारोबारहरूले प्रोफिट बुक गरेसँगै बजार आइतवारयता घट्न थालेको हो ।  सोमवार पनि घट्ने क्रमले निरन्तरता पाएको छ । थोरै नाफा हुनेबित्तिकै बुक गर्नेहरू सक्रिय हुँदा बजार प्रभावित भएको अनुमान गरिएको छ ।

बजारमा अल्पकालीन कारोबारीहरूले थोरै नाफा हुनेबित्तिकै शेयर विक्री गर्ने गरेका छन् । यही कारण बजार केही बढ्नेबित्तिकै करेक्सनमा जाने गरेको छ । शेयर धितो कर्जाको सीमा हट्ने खबर सार्वजनिक भएपछि गत हप्ता बजार बढेको थियो । तर, यो हप्ता बजार घट्ने क्रममा छ । 

सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५० प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ३० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५७ प्रतिशत घटेको छ । यस दिन २८४ धितोपत्रको ६५ लाख १६ हजार ६ कित्ता शेयर ७८ हजार ४२१ पटकमा रू. १ अर्ब ५६ करोड बराबरको शेयर कारोबार भएको हो ।

यस दिन ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त वित्तीय संस्था र हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

यीमध्ये माई खोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २८९ दशमलव ३० पुगेको हो । त्यस्तै एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ३९२ पुगेको छ । 

सोमवार शुभम पावर र थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले घटेको छ । यससँगै शुभम पावरको शेयर मूल्य रू. ८५० दशमलव ५० र थ्रीस्टार हाइड्रोपावरको रू. ४४३ दशमलव ७० मा झरेको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सन नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । कम्पनीको रू. ७ करोड ६८ लाख बराबरको शेयर कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू. ६ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको शून्य दशलमव ९२ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ३८ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । समूहगत परिसूचकमध्ये सर्वाधिक घट्नेमा लगानी समूह छ । यो समूहको परिसूचक शून्य दशलमव ९५ प्रतिशत घटेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)