ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अबदेखि कम्पनी दर्ता र पूँजी वृद्धि नि:शुल्क

२०८० असोज, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। अबदेखि कम्पनी दर्ता र कम्पनीको पूँजी वृद्धि गर्दा शुल्क नलाग्ने भएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको यो व्यवस्था राजपत्रमा सूचना प्रकाशित भएपछि सोमवारदेखि कार्यान्वयनमा आएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा यसअघि कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा लाग्दै आएको दस्तुर मिनाहा गरिएको उल्लेख छ । ‘कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा, दर्ता भइसकेको कम्पनीले पूँजी वृद्धि गर्दा अब कुनै शुल्क लाग्ने छैन,’ सूचनामा भनिएको छ । 

त्यस्तै विदेशी कम्पनीले शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता तथा मुनाफा वितरण नगर्ने गरी कम्पनी स्थापना गर्दा लाग्ने शुल्क तथा दस्तुर पनि पूर्ण छूट दिने व्यवस्था गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)