ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होन्डा ‘दशैंमा १० लाख’

२०८० असोज, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि होन्डा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले चाडपर्व लक्षित ‘दशैंमा १० लाख’ अफर ल्याएको छ । योजनाअनुसार ग्राहकले कुनै पनि होन्डा बाइक र स्कुटर खरीद गर्दा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । कुपनमार्फत एकजना विजेताले रू. १० लाख पाउने बताइएको छ । ग्राहकले ‘योर स्किम’ छनोट गरी अर्को स्क्र्याच कुपन पाइने र त्यसमा रू. १० हजारसम्मको छूट वा रू. १२ हजार ५०० बराबरको ५ वर्षको एएमसी प्याकेज प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले अफरलाई अझ आकर्षक बनाउन सजिलो ‘एक रुपैयाँ फाइनान्स योजना’ पनि उपलब्ध गराएको बताइएको छ । साथै, कम्पनीले ठूला बाइकको खरीदमा १ लाख रुपैयाँसम्मको छूट प्रदान गर्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)