ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सासु कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी

२०८० असोज, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सामाजिक सुरक्षा (सासु) कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । कोषको सञ्चालक समितिले अधिकारीलाई सोमवार कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा गठित उपसमितिले कार्यकारी निर्देशकका लागि अधिकारीसहित लीलाराज ढकाल र अशोक पौडेलको नाम सिफारिश गरेको थियो । उपसमितिबाट सिफारिश भएका तीन जनामध्येबाट अनुभव, उनीहरूले पेश गरेको व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको उपप्रमुख कार्यकारी अधिकृतबाट एक वर्षअघि सेवानिवृत्त अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । कोषको कार्यकारी निर्देशकको पदावधि चार वर्षको रहनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)