ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिरख्वा हाइड्रोपावरको आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँट

२०८० असोज, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले स्थानीयमा साउन २८ गतेदेखि भदौ २५ गतेसम्म ४ लाख कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपीओ असोज ८ गते बाँडफाँट गरिएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले साउन २८ देखि भदौ १० गतेसम्म ८० हजार कित्ता आईपीओ विक्री गरी गत भदौ २६ गते सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरेको थियो ।

पहिलो चरणको आईपीओ बाँडफाँटपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीसमेत सर्वसाधारणमा १२ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)