ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साउनमा वाणिज्य बैंकहरूले कमाए साढे ८ अर्ब नाफा, कसको कति ? 

२०८० असोज, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको साउनमा वाणिज्य बैंकहरूले साढे ८ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार एक महीनामा २० वाणिज्य बैंकहरूले कुल रू. ८ अर्ब ५२ करोड नाफा कमाएका हुन् ।  

समीक्षा अवधिमा वाणिज्य बैंकहरूमध्ये सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक छ । बैंकले साउनमा रू. ९९ करोड २ लाख नाफा कमाएको छ ।

सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकको सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकले उक्त अवधिमा रू. ७५ करोड नाफा कमाएको छ । यस्तै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रू. ७४ करोड, हिमालयन बैंकले रू. ६३ करोड र कुमारी बैंकले रू. ५७ करोड नाफा कमाएका छन् ।

साउनमा सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंक कमाएको छ । बैंकले उक्त अवधिमा रू. १६ करोड नाफा कमाएको छ । त्यस्तै, माछापुच्छ्रे बैंकले रू. १८ करोड, सिटिजन्स बैंकले रू. २४ करोड र सानिमा बैंकले रू. २५ करोड नाफा कमाएका छन् । 

कुन बैंकको कति ? 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)