ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा ४० हजारभन्दा बढी तलब भएका पुरुषका श्रीमती पनि जागिरे !

२०८० असोज, ९  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नयाँ दिल्ली (भारत) । भारतमा मासिक तलब ४० हजार भारुभन्दा बढी भएका पुरुषका श्रीमती पनि जागिरे हुने सम्भावना उच्च रहेको एक अध्ययनले देखाएको छ । अजिम प्रेमजी युनिभर्सिटीले पिरियोडिक लेबर फोर्स सर्भे (पीएलएफएस)को तथ्या‌ंक अध्ययन गरेर तयार पारेको ‘स्टेट अफ वर्किङ इन्डिया २०२३’ अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

‘मासिक ४० हजार भारुभन्दा बढी कमाउने पुरुष प्रायः शिक्षित हुने गरेका छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘शिक्षित पुरुषले विवाहको लागि शिक्षित महिला नै रोज्ने गरेको पाइन्छ । र, शिक्षित महिलाहरूको प्राथमिकता राम्रो रोजगारीमा हुन्छ । साथै उनीहरूलाई रोजगारीको लागि राम्रा अवसरहरू पनि हुन्छन् । त्यसैले त्यस्ता महिलाहरूले जागिर गर्ने सम्भावना उच्च हुन्छ ।’ 

युनिभर्सिटीले महिला र पुरुषको १५ वर्षको उमेरदेखि व्यावसायिक र जीवनको घटनाहरू अध्ययन गरेको थियो । अध्ययनअनुसार विवाहअगाडि २६ प्रतिशत महिलाहरू मात्रै श्रम बजारमा रहेको पाइएको छ । तर, विवाह गरेको ५ वर्षभित्र भने श्रम बजारमा महिलाहरूको सहभागिता बढेर ४९ प्रतिशतसम्म पुगेको पाइएको छ ।

अध्ययनका अनुसार यस्तो प्रायः कृषि क्षेत्रमा भएको पाइन्छ । त्यसैले अनौपचारिक अर्थव्यवस्थामा विवाहपछि महिलाले रोजगारी गुमाउने भन्दा पनि रोजगारी पाउने सम्भावना बढी भएको देखिन्छ ।

अध्ययनमा सासू (श्रीमानको आमा) जागिरे भएमा महिलाको औपचारिक जागिर गर्ने सम्भावना बढी रहेको देखाइएको छ । अध्ययन प्रतिवेदनका अनुसार सहरी क्षेत्रमा सासू जागिरे भएका महिलाले जागिर गर्ने सम्भावना ७० प्रतिशत र ग्रामीण क्षेत्रमा ५० प्रतिशत रहेको उल्लेख छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)