काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने यँया (इन्द्रजात्रा) मंगलवार (आज) विधिवतरूपमा शुरु भएको छ । आज बिहान १०ः३७ को शुभ साइतमा लिंगो ठड्याएपछि जात्रा विधिवतरूपमा शुरू भएको हो ।
हरेक वर्ष भाद्र शुक्ल द्वादशी (आज) मा इन्द्रध्वजोत्थानपछि जात्रा शुरु हुने गरेको छ । उक्त जात्रा भाद्र कृष्ण चतुर्थीमा इन्द्रध्वज पतन गरेपछि सकिन्छ ।
इन्द्रजात्राकाे अवसरमा राजधानीको विभिन्न चोकचोकमा आज विशेष प्रकारले सजाइएको समय बजी द्दोको प्रदर्शनसँगै मजिपातको लाखे नाच, किलागलको पुलुंकिसी नाच हलचोकको आकाशभैरव नाच, किलागलकै देवीनाच र भक्तपुरको महाकाली नाच पनि नचाइने गरिन्छ ।
आजको दिन टोलटोलमा भजनकिर्तन समेत गर्ने प्रचलन छ । इन्द्रजात्रामा श्री कुमारी, श्री भैरव र श्री गणेशको रथजात्रा पनि निकालिन्छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान