ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

२०८० असोज, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नेप्सेले आर्थिक वर्ष २०८०/८१ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) भएको व्यवस्था अनुसार आर्थिक वर्ष २०८०/८१ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन नेप्सेले अनुरोध गरेको हो ।

सूचीकृत कम्पनीहरूले असोज मसान्तसम्म उक्त वार्षिक नवीकरण शुल्क बुझाउनुपर्नेछ । तोकिएको समयभित्र नविकरण शुल्क नबुझाएमा शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएकाले वार्षिक ५० हजार नवीकरण शुल्क तिर्नुपर्छ । ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीले भने वार्षिक १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान छ । 

त्यस्तै डिबेन्चर र म्युचुअल फण्डहरूले आकारको हिसाबले ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भएकाले वार्षिक २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)