ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई दिनको करेक्सनपछि बढ्यो नेप्से, जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

२०८० असोज, ९  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दुई दिनको करेक्सनपछि मंगलवार नेप्से परिसूचक बढेको भएको छ । यस दिन परिसूचक १८ दशमलव ४५ अंक अर्थात् शून्य दशमलव ९२ प्रतिशत बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ । मंगलवार २८६ धितोपत्रको ८७ लाख ४ हजार ४७७ कित्ता शेयर ७८ हजार ६१६ पटकमा रू. २ अर्ब ९ करोड बराबरको शेयर कारोबार भएको छ । सोमवार रू. १ अर्ब ५६ करोड बराबरको शेयर कारोबार भएको थियो । 

केही दिनयता बजारका लागि सकारात्मक खबर पनि आइरहेका छन् । सरकार तथा नियामक निकायका पदाधिकारीहरूबीच बजार सुधारका विषयलाई लिएर छलफल र भेटघाट भएका छन् । केही दिनअघि मात्र अर्थमन्त्री र गभर्नरबीच शेयर धितो कर्जामा लगाइएको १२ करोडको क्यापलाई हटाउने विषयमा छलफल भएको थियो ।

त्यसैगरी, सोमवार मात्रै गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच पनि भेटवार्ता भएको छ । उनीहरूबीच पनि पूँजी बजार सुधारकै विषयमा छलफल भएको बताइएको छ । यस कारण पनि अब शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । 

मंगलवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७१ प्रतिशत वृद्धि भएको छ । 

कारोबारमा आएका धितोपत्रमध्ये मेन्छियाम हाइड्रोपावर र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य रू. २८३ दशमलव ८० र मनकामना इन्जिनियरिङ्गको शेयर मूल्य रू. २४७ दशमलव ५० पुगेको हो । 

मंगलवार सबैभन्दा बढी हिमालयन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ८७ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०६ मा झरेको छ। त्यस्तै थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ५७ प्रतिशत घटेर रू. ४१९ मा कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआईसी एशिया बैंकले ओगटेको छ । यस कम्पनीको रू. ८ करोड ३४ लाख  बराबरको भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू. ७ करोड ५३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल एण्ड पर्यटन समूहको परिसूचक शून्य दशमलव १८ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ३ दशमलव ०९ प्रतिशत वृद्धि भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)