ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको प्रस्ताव

एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड बैठक

२०८० असोज, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौैं।अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराएर सहयोग गर्न विश्व समुदाय, दातृ निकाय, विकास साझेदारलगायत द्विपक्षीय तथा बहुपक्षीय निकायसँग आग्रह गरेका छन् । इजिप्टमा जारीे ‘एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को वार्षिक बैठकको एउटा सत्रमा अर्थमन्त्री महतले आर्थिक रूपमा पछि परेका मुलुकको पूर्वाधार विकास आवश्यकता पूर्ति गर्न सहुलियतपूर्ण वित्तीय सहयोगको आवश्यकता औंल्याएका हुन् । त्यस्तै, वित्तीय लगानीका नयाँ स्रोत खोजिनुपर्ने पनि उनको भनाइ छ ।

‘अहिले विश्वले मुख्य तीनओटा चुनौतीको सामना गरिरहेको छ । विश्व अर्थतन्त्रमा सन्तुलन कायम गर्ने, शून्य कार्बन उत्सर्जनतर्फको लक्ष्य हासिल गर्ने र न्यून तथा मध्यम आय भएका मुलुकको वित्तीय पहुँच बढाई गरीबी घटाउने तथा नागरिकको जीवनस्तर सुधार्ने गरी काम गर्नुपर्नेछ,’ अर्थमन्त्री महतले भने, ‘यसका लागि थप वित्तीय लगानी आवश्यक भएकाले सहुलियतपूर्ण वित्तीय सहायतासहित समन्वय र सहकार्यका लागि बहुपक्षीय विकास बैंकहरू तथा अन्तरराष्ट्रिय दातृ निकायसँगलाई आग्रह गर्दछु ।’

नेपालको आर्थिक पुनरुत्थान, रोजगारी सृजना, हरित पूर्वाधार विकास, वित्तीय पहुँच विस्तार, प्रविधि र क्षमता विकास, सामाजिक सुरक्षालगायतका लागि थप लगानी आवश्यक रहेको अर्थमन्त्री महतले बताए ।

नेपालजस्तो कमजोर अर्थतन्त्र भएको मुलुकको विकासका लागि सहुलियतपूर्ण ऋण महत्त्वपूर्ण रहेकाले त्यस्तो सहयोग उपलब्ध गराउन एआइआइबीसँग अर्थमन्त्री महतले प्रस्ताव समेत राखे । नेपालको आर्थिक पुनरुत्थान, रोजगारी सृजना, हरित पूर्वाधार विकास, वित्तीय पहुँच विस्तार, प्रविधि र क्षमता विकास, सामाजिक सुरक्षालगायतका लागि थप लगानी आवश्यक रहेको अर्थमन्त्री महतले बताए । यसले समतामूलक र दिगो विकासलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको उनको भनाइ छ । वित्तीय लगानीका नयाँ स्रोत खोजिनुपर्नेमा पनि अर्थमन्त्री महतले जोड दिए । सार्वजनिक–निजी साझेदारी (पिपिपी), हरित बन्ड, ब्लेन्डेड फाइनान्सलगायत अवधारणामार्फत लगानी गर्न सकिने उनको भनाइ छ । त्यसका लागि राजनीतिक स्थिरता, बीमा, नियामकीय नीतिहरूको व्यवस्थाका लागि सरकार तयार रहेको पनि उनले बताए ।

नेपालमा जलवायु परिवर्तनसँग सम्बन्धित परियोजनामा जलवायु वित्तका रूपमा पनि लगानी बढाउन सकिने उनको भनाइ छ । एआइआइबीको बैठकमा दिगो विकासका लागि उत्तरदायी विश्वव्यापी लगानी, उदीयमान अर्थ व्यवस्था भएका मुलुकमा दिगो पूर्वाधारका लागि सहयोग, हरित तथा नवप्रवर्तनमा आधारित लगानी प्रवर्द्धन, जलवायु वित्तको अवसर पहिचान तथा स्रोतको खोजी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)