ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिलालाई व्यापारको मूलप्रवाहमा ल्याउने नीति धारणापत्रमा संवाद सम्पन्न

२०८० असोज, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

नेपालगञ्ज। ‘महिलालाई व्यापार र व्यापार नीतिमा मूलप्रवाहमा ल्याउने नीति धारणापत्र’ मस्यौदामा केन्द्रित सार्वजनिक–निजी संवाद (पीपीडी) को शृंखला स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका सरोकारवालासँगको गहन छलफलपछि सम्पन्न भएको छ । 

सरकारी निकाय, विज्ञ, दलित र सीमान्तकृत समूह तथा स्थानीय महिला उद्यमीलगायतको सहभागितामा पछिल्लो पीपीडी कार्यक्रम नेपालगञ्जमा आयोजना भएको हो । यसअघि ललितपुर र विराटनगरमा तीनओटा पीपीडी सम्पन्न भइसकेका छन् ।

सबै पीपीडी कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र ईयू नेपाल व्यापार तथा लगानी कार्यक्रमको संयुक्त आयोजना र महिला उद्यमी महासंघको सहकार्य सम्पन्न भएका हुन् । कार्यक्रममा अन्तरराष्ट्रिय व्यापार केन्द्रअन्तर्गतको सी ट्रेड इनिसियटिभको प्राविधिक सहयोग रहेको छ ।

नेपालगञ्जमा आयोजित पछिल्लो पीपीडीमा लुम्बिनी र कर्णाली प्रदेशका महिला उद्यमी, सरकारी अधिकारी, महिला व्यवसायी संघ, महिलामा आधारित सामाजिक संस्था, जिल्ला उद्योग तथा वाणिज्य संघ, महिला सहकारी, घरेलु तथा साना उद्योग संघ, गैरसरकारी संघसंस्थाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । ‘उक्त संवादमा लुम्बिनी र कर्णाली प्रदेशका पाल्पा, कपलिवस्तु, बाँके, बर्दिया, रुपन्देही, बझाङ, जाजरकोट, प्युठान, रुकुम र रोल्पा जिल्लाका ४५ जना सहभागी रहेको थियो,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)