ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतसँग प्रसारण लाइन सम्झौता माघसम्म

२०८० असोज, १२  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नेपाल र भारतबीच आगामी माघभित्र अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता (टीएसए) हुने भएको छ । भारतसँग हाल प्रक्रिया अघि बढाइएको विद्युत् व्यापार सम्झौता (पीएसए) निश्चित भएपछि टीएसए हुने ऊर्जा मन्त्रालयले बताएको छ । नेपाल भारतबीच विद्युत् आयात/निर्यातमा अहिले भारतीय पक्ष ढुक्क छैन । त्यसैले उनीहरू टीएसका लागि पीएसए पर्खेर बसेका छन् । पीएसए आगामी पुस २५ भित्र गर्न दुवै पक्ष सहमत छन् । 

‘यो तोकिएकै समयमा भए टीएसए मध्यमाघभित्रै हुन्छ,’ विद्युत् प्राधिकरण प्रसारण लाइन प्रमुख रामचन्द्र पाण्डेयले अभियानसँग भने । टीएसएले नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको औपचारिक प्रक्रिया अघि बढाउन मद्दत गर्नेछ । यो विशेषगरी १२ सय मेगावाटसम्म विद्युत् प्रवाह क्षमता हुने ४०० केभी प्रसारण लाइन निर्माणका लागि भएको बताइएको छ । विद्युत् निर्यात गर्न तीन वर्षअघि नै सम्झौतामा पुग्ने प्रावधान छ । ‘यसकारण तत्काल विद्युत् निर्यात गर्न सक्ने अवस्था नभए पनि भविष्यका लागि टीएसए गर्न आवश्यक छ,’ ऊर्जा मन्त्रालयका सहसचिव राजेन्द्रकिशोर क्षत्रीले जानकारी दिए । 

वर्ष ६, अंक ७४, आइतवार, १९ मंसिर, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)