ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ईन्ट्रा नेशनलको ‘ईन्ट्रा कप २०२३’ सम्पन्न

२०८० असोज, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको आयोजक ‘ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’ले न्युयोर्कको रोचेस्टरमा ‘ईन्ट्रा कप २०२३’ अन्तर्गत सक्कर र भलिबल टुर्नामेन्ट सम्पन्न गरेको छ । खेलकुदमा सहभागिता प्रवर्द्धन गर्दै समुदायमाझ स्पोर्ट्सम्यानशिपलाई बढावा दिन प्रतियोगिताको आयोजना गरेको फाउन्डेशनका अध्यक्ष दिल्ली अधिकारीले बताए ।

तेस्रो ईन्ट्रा कप सक्कर टुर्नामेन्ट २०२३ मा पुरुषतर्फ टिमाई स्क्वाड र महिलातर्फ शाइनिङ स्टार्स विजेता बनेका छन् । विजेता पुरुष टिमले १५ हजार र महिला टिमले १० हजार अमेरिकी डलर हात पारेका छन् । प्रतियोगिताको भेटरानको उपाधि लगातार दोस्रो वर्ष पनि सिन्सी ईन्ट्रा एफसीले हात पारेको छ । उपाधिको राशी १० हजार अमेरिकी डलर छ । तेस्रो ईन्ट्रा कप, भलिबल टुर्नामेन्ट २०२३ (महिला)को उपाधि बेलमोन्ट र पुरुषतर्फको उपाधि रुकुम एले जितेको छ । प्रतियोगितामा महिला टिमले ८ हजार र पुरुष टिमले १० हजार अमेरिकी डलर हात पारेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)