काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोट नगरपालिका–५ इन्द्रेगौंडामा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई ध्यानमा राखेर बैंकको वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बताइएको छ । एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुने बैंकको भनाइ छ । सोही अवसरमा बैंकले स्थानीय बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ र रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरेको थियो ।