ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता

२०८० असोज, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेडबीच सर्टिफिकेशन कोर्सको बैंकिङ तालीम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । बुधवार भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात् चालू आर्थिक वर्ष २०८०/८१ मा बैंकका कर्मचारीको कार्यदक्षता अभिवृद्धिका लागि इन्ष्टिच्युटले एक हजार कर्मचारीलाई जान्बी, क्यान्बी, मुडिज लगायत सर्टिफिकेशन कोर्स प्रदान गर्ने बताइएको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्न नियमित रूपमा कर्मचारीलाई तालीम दिँइदै आएको बताए । सम्झौतापश्चात् तालीम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि भई जोखिम न्यूनीकरण हुने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालीम दिने गरेको भन्दै तालीमले संस्थाको उत्पादकत्वमा वृद्धि हुने बताए। 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)