ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल वेयरहाउजिङ कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पायो

२०८० असोज, १२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । 
सेबोनले असोज १० गते कम्पनीलाई  १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।  अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्नेछ । 
कम्पनीले पहिलो चरणमा कुल शेयर संख्याको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीका लागि जारी गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणका आईपीओ निष्कासन गर्नेछ ।  यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडको रहेको छ ।

यस कम्पनी निम्बस ग्रूप अन्तर्गतको पब्लिक कम्पनी हो । कम्पनीले हेटौंडा, वीरगञ्ज, बाराको जितपुर, कोहलपुर, कपिलवस्तु र इटहरीमा खानेतेल, पीठो, पशुपन्छीको दाना, पिनाको विक्रीवितरण तथा अन्न भण्डारण गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)