ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘फर्निचर तथा फर्निसिङ एक्स्पो’मा अवलोकनकर्ताको घुइँचो [तस्वीरहरू]

२०८० असोज, १२  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’मा अवलोकनकर्ताको चाप देखिएको छ । एक्स्पोमा सञ्चालित खुला बजारमा पनि उपभोक्ताको चहलपहल देखिएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले ‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिममा एक्स्पो आयोजना गरेको हो ।

बिहीवार साँझसम्ममा १७ हजार जनाले एक्स्पोको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । संघका महासचिव एवं एक्स्पोका प्रवक्ता सञ्जय लामाका अनुसार बिहीवार मात्र १० हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् । आगामी आइतवारसम्म चल्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

१०० भन्दा बढी स्टल रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र उत्पादन तथा सेवाका बारेमा जानकारी पाइने आयोजकले जानकारी दिएको छ । अवलोकनकर्तालाई एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)