काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ । सेबोनले कम्पनीलाई १४ लाख कित्ता आईपीओ निष्कासन गर्न असोज १० गते स्वीकृती दिएको हो ।
विक्री प्रबन्धक एनआईएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्न स्वीकृती पाएसँगै कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ ।