रौतहट । मापदण्ड बिपरित संञ्चालनमा रहेको भन्दै रौतहटका पाँच वटा पसललाई जरिवाना गरिएको छ ।
वाणिज्य तथा आपूर्ती उपभोक्ता संरक्षण कार्यालय विरगंज पर्सा, घरेलु तथा साना उद्योग कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटका कर्मचारीहरुको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा मापदण्ड बिपरित रहेका दास स्टोर्स गरुडा, न्यू जेपी इन्टरप्राइजेट बंकुल, अनिल किराना पसल मौलापुर, मौलापुर पोली क्लीनक मौलापुर, मिष्टी जेनरल स्टोर्स देवाही गोनाहीलाई जरिवाना गरिएको हो ।
अनुगमन टोलीमा सहभागी घरेलू तथा साना उद्योग कार्यालय रौतहटका प्रमुख जयकान्त झाका अनुसार जनही ५/५ हजारका दरले जरिवाना गरिएको छ । अनुगमनका क्रममा म्याद सकिएका सामग्रीहरु फेला परेको, फर्म दर्ता नरहेको, साईन बोर्ड नराखेको, खरिद तथा बिक्री बिल नराखेको, फर्म नविकरण नरहेको पाईएको उनले बताए ।
वाणिज्य तथा आपूर्ती उपभोक्ता संरक्षण कार्यालय विरगंज पर्साका प्रमुख सुरेश कमार रेग्मी, घरेलू तथा साना उधोग कार्यालय रौतहटका प्रमुख झा, जिल्ला प्रशासन कार्यालय रौतहटका रामनरेश साह, गौरी शंकर साह, उद्योग वाणिज्य संघ रौतहटका प्रतिनिधि, संरक्षण कार्यालयका कर्मचारी दिलिप कुमार, घरेलुका कर्मचारी प्रविण कुमार झा, पंकज चौधरी, अमिन्द्र राउत सहित प्रहरीको उपस्थिति थियो ।
अनुगमन टोलीले म्याद सकिएको समान बरामद गर्नुका साथै एक हप्ता भित्र फर्म दर्ता गर्ने सुझाव दिएको छ । यदि वेवास्ता गरेमा कानुनी कार्यवाही हुने अनुगमन टोलीले जनाएको छ । गरुडा, मौलापुर, देवाही गोनाही र बौधीमाईको बंकुल बजारमा रहेको किराना पसल, औषधी पसल, हार्डवेयर लगायतका विभिन्न पसलहरुमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।