ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल उद्योग परिसंघ कोशी प्रदेशमा नयाँ कार्यसमिति

२०८० असोज, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। नेपाल उद्योग परिसंघको कोशी प्रदेशको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले उद्योगी तथा संविधानसभा सदस्य पवनकुमार सारडालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा निर्वाचित भएका छन् ।

परिसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि कोशी प्रदेश समितिका अध्यक्ष भीम घिमिरेले साधारणसभामार्फत नयाँ कार्यसमिति गठन गराएका हुन् ।

समितिमा ६ जना उपाध्यक्ष र ३ जना मानार्थ उपाध्यक्ष पद रहने व्यवस्था गरिएको छ । साधारणसभाले नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दीपक पौडेल र गिरिजा सारडालाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ ।

यसैगरी घनश्याम काबरा, रमेश राठी र ग्रिस लुनियाँलाई मानार्थ उपाध्यक्ष पदमा चयन गरिएको छ । मानार्थ उपाध्यक्ष पदको जिम्मेवारी पाएका लुनियाँ अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष थिए । अघिल्लो कार्यसमितिमा कार्यसमिति सदस्य रहेका साकेत राठी कोषाध्यक्ष बनेका छन् । राजेन्द्र राठी, वेदान्त जाजु, कर्ण रायमाझी, डेनिस कार्की, दिवस सुवेदी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अन्सारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी कार्यसमिति सदस्य छन् ।

एसियन थाई फुड्सका सञ्चालक तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुलाई परिसंघ कोशी प्रदेशको प्रमुख सल्लाहकार चयन गरिएको छ । वासुदेव गोल्यान, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल अग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार चयन गरिएको छ । यस्तै राजन भगत, रीता ढकाल, महेश पौडेल, अनुप सिग्देल, सञ्जीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठीलाई परिसंघको मानार्थ सदस्य चयन गरिएको छ । 

परिसंघको साधारणसभाबाट अध्यक्ष सारडाको संयोजकत्वमा संरक्षण तथा भवन निर्माण समिति पनि गठन गरिएको छ । मोती दुगड, विकास दुगड, शिवप्रसाद घिमिरे, महेश सोनी र विशाल अग्रवाल उक्त समितिमा सदस्य छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)