ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मापदण्ड विपरीत सञ्चालित पाँच पसललाई जरीवाना

२०८० असोज, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

रौतहट। मापदण्ड विपरीत सञ्चालनमा रहेका रौतहटका पाँच पसललाई जरीवाना गरिएको छ । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्सा, घरेलु तथा साना उद्योग कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटका कर्मचारीको टोलीले संयुक्त रूपमा बजार अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका दास स्टोर्स गरुडा, न्यू जेपी इन्टरप्राइजेज बंकुल, अनिल किराना पसल मौलापुर, मौलापुर पोलिक्लिनिक मौलापुर, मिष्टी जेनरल स्टोर्स देवाही गोनाहीलाई जरीवाना गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय रौतहटका प्रमुख जयकान्त झाले उनीहरूलाई जनही ५/५ हजार रुपैयाँका दरले जरीवाना गरिएको बताए । अनुगमनका क्रममा म्याद सकिएका सामग्री फेला परेको, फर्म दर्ता नरहेको, साइनबोर्ड नराखेको, खरीद तथा विक्री बिल नराखेको, फर्म नवीकरण नरहेको पाइएको उनले बताए । अनुगमन टोलीले म्याद सकिएको सामान बरामद गर्नुका साथै एक हप्ताभित्र फर्म दर्ता गर्ने सुझाव दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)