ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बोटलर्स नेपालमा एमच्यामको ‘मेम्बरसीप लर्निङ’

२०८० असोज, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) अन्तर्गत ‘मेम्बरसीप लर्निङ’ले बोटलर्स नेपाल (तराई) लिमिटेडमा ‘मेम्बरसीप लर्निङ’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले एमच्यामका सदस्यलाई नेपालमा सञ्चालित अमेरिकी कम्पनी बोटलर्स नेपालका सदस्यसँग भेट्ने, कम्पनी तथा यसको व्यवसाय, उत्पादन प्रक्रिया, गुणस्तर, दिगोपना र समुदाय वरपरका अन्य गतिविधिबारे जान्ने अवसर प्रदान गरेको एमच्यामका अध्यक्ष अजित शाहले बताए । 

कम्पनीले पेयपदार्थ उत्पादन मात्रै गर्ने नभई बोतलको रिसाइकल समेत गर्दै आएको छ । सो अवसरमा एमच्याम सदस्यलाई नारायणी मोडेल सेकेन्डरी स्कुलको भ्रमण समेत गराइएको थियो । भ्रमणका क्रममा कोका–कोलाले साझेदार स्प्लास नेपालसँग मिलेर ‘रेन वाटर हार्भेस्टिङ’ र ‘ग्राउन्ड वाटर रिचार्ज’ परियोजना कार्यान्वयन गरेकोबारे जानकारी गराएको थियो । यस परियोजनामार्फत पिउने पानीको सुविधा पाएका विद्यालयका तीन हजार विद्यार्थी लाभान्वित छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)