ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल भित्रियो अमेरिकन रेष्टुराँ ‘केन्नी रोजर्स रोस्टर्स’

२०८० असोज, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। अमेरिकन रेष्टुराँ ब्रान्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर) नेपाल भित्रिएको छ । काठमाडौंको दरबारमार्गको ‘दरबार मल’मा केन्नी रोजर्स रोस्टर्सको आउटलेट सञ्चालनमा आएको हो । गुल्मेली दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्द्र महतराले रेष्टुराँलाई नेपाल भित्त्याएका हुन् । रेष्टुराँमा करीब ३ करोड रुपैयाँ लगानी रहेकोे सञ्चालक थापाले बताए । दुई हजार वर्गफिट क्षेत्रफलमा फैलिएको रेष्टुराँमा एकैपटक ७० जनासम्मले सेवा पाउन सक्ने बताइएको छ ।

‘वुडन आर्किटेक’ डिजाइनमा तयार पारिएको रेष्टुराँमा पुग्ने ग्राहकले परम्परागत मौलिक र आधुनिक शैलीको फ्युजन महसुुस गर्न सक्ने बताइएको छ । चर्चित अमेरिकी गायक केन्नी रोजर्स र केन्टकी फ्राइड चिकेन (केएफसी)का पूर्वसिइओ तथा अमेरिकाको केन्टकी राज्यका पूर्वगभर्नर जोन वाई ब्राउन (जुनियर)ले सन् सन् १९९१ मा केन्नी रोजर्स रोस्टर्स रेष्टुराँ सञ्चालनमा ल्याएका थिए । रेष्टुराँमा चिकेनका परिकार बनाउन फ्रान्स र जर्मनीबाट आधुनिक मेसिन ल्याइएको महतराले बताए । रेष्टुराँका मुख्य परिकारहरूमा तेल नहाली पकाइने मेसिन रोस्टेड होल चिकेन, फ्राइड र अनफ्राइड (ओएमजी) चिकेन, पिज्जा स्वादको स्यान्डविच, फिस बर्गरलगायत रहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)