काठमाडौं। नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले ब्लेड ब्याट्री र एनसीएम ब्याट्री दुवैको ‘नेल पेनीट्रेसन टेष्ट’ गरेको छ । काठमाडौंमा भएको उक्त परीक्षणमा सियोले दुवै ब्याट्रीलाई प्वाल पारिएको थियो ।
‘नेल पेनीट्रेसन टेष्ट’ ब्याट्रीको तापक्रम बढाएर गरिने सबैभन्दा कठिन परीक्षण हो । ब्याट्रीलाई मेसिनले थिचेर र सियो जस्तो किलाले प्वाल पारेर यसको परीक्षण गरिएको थियो । यसरी प्वाल पर्दा बीवाईडीको ब्लेड ब्याट्री ६० डिग्रीसम्म तातेको थियो । त्यही एनसीएम ब्याट्री ५०० डिग्री तातेर आगलागी भएको थियो ।
कम्पनीले विक्री गर्ने सबै गाडीमा ब्लेड ब्याट्री प्रयोग भएको बताउँदै साइमेक्स इंकका सीईओ सहिल श्रेष्ठले भने, ‘सुरक्षामा अब्बल ब्लेड ब्याट्री रहेका सबै गाडी हामीले उपलब्ध गराएका छौं । प्रोडक्ट रेन्जसँग बीवाईडीको ब्लेड ब्याट्रीको सुरक्षामा यकीन गराउन यो परीक्षण गरेका हौं ।’