ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भक्तपुरमा एमजीको नयाँ शोरुम

२०८० असोज, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले भक्तपुरको गठ्ठाघरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । प्यारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक सचिन अर्यालले ग्राहकलाई नवीनतम एमजी मोडेल छनोटमा शोरुमले सहयोग गर्ने बताए । शोरुममार्फत पहुँच विस्तार गर्दै विक्रीपछिको स्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको उनको भनाइ छ । आफ्ना ग्राहकप्रति कम्पनीको प्रतिबद्धतालाई शोरुम सञ्चालनले थप पुष्टि गरेको बताइएको छ । एमजीले नेपालका मुख्य शहर र राजमार्गहरूमा १९ ओटा चार्जिङ स्टेशन बनाएको जानकारी दिएको छ । कम्पनीले यो संख्या सन् २०२३ को अन्त्यसम्ममा ५० पुर्‍याउने बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)