ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डब्ल्युएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी, बंगलादेशसँग प्रतिष्पर्धा हुने 

२०८० असोज, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं । सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । 

यही अक्टोबर ३१ (कात्तिक १४) मा हुने निर्वाचनमा बङ्गलादेशका उम्मेदवारसँग नेपालले प्रतिस्पर्धा गर्ने डा. आचार्यले आज अपराह्न सञ्चारकर्मीसँग बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मतदाता मुलुकलाई नेपालको पक्षमा मतदान गर्न ‘अनुरोधपत्र’ सम्प्रेषणका निम्ति आग्रह गरे । 

डा. आचार्यले परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र मन्त्रालय, जेनेभा र न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगहरूले आवश्यक कूटनीतिक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउँदै २० वर्षपछि नेपाललाई प्राप्त यो अवसरबाट चुक्न नहुनेमा जोड दिए । 

दक्षिणपूर्वी एसिया निर्देशक पदमा भारत, माल्दिभ्स, इन्डोनेसिया, बङ्गलादेश, थाइल्यान्ड, म्यान्मार, नेपाल, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, श्रीलङ्का, टिमोर लित्से र भूटानले मतदान गर्नेछन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)