ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल म्युचुअलका चारओटै फण्डको न्याभ घट्यो

२०८० असोज, १५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।

उक्त वित्तीय विवरण अनुसार फण्डको यी चारओटै फण्डको न्याभ साउनको तुलनामा भदौमा घटेको छ । 

नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ साउन मसान्तमा १० रुपैयाँ ६१ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ २९ पैसा कायम भएको हो । नबिल फ्लेक्सी क्याप फण्डको न्याभ साउन मसान्तमा ९ रुपैयाँ ६९ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ साउन मसान्तमा ८ रुपैयाँ ९० पैसा रहेकोमा भदौ मसान्तमा ८ रुपैयाँ ७६ पैसामा झरेको हो । नबिल इक्वीटी फण्डको न्याभ साउन मसान्तमा १० रुपैयाँ ५८ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ४४ पैसा कायम भएको छ ।

यस फण्डले भदौ मसान्तसम्ममा रू. ४ करोड ५६ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि रू. २ करोड ८५ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६६ करोड ५१ लाख लगानी गरेको छ । 

नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७० करोड २१ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तसम्ममा रू. ७२ करोड ३२ लाख थियो ।

त्यस्तै यस फण्डको पनि नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । साउन मसान्तमा फण्ड रू. ३ करोड २ लाख नोक्सानीमा रहेकोमा भदौ मसान्तमा बढेर रू. ४ करोड ७७ लाख पुगेको हो ।  

नबिल फ्लेक्सी क्याप फण्ड पनि भदौ मसान्तमा रू. १ करोड ६७ लाख नोक्सानीमा छ । भदौमा पनि फण्ड रू. १ करोड ३ लाख नोक्सानीमा थियो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड ४७ लाख लगानी गरेको छ । 

नबिल ब्यालेन्सड् फण्ड २ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७९ करोड ६९ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा रू. ८१ करोड ९३ लाख थियो । यस फण्डले भदौ मसान्तसम्ममा रू. ७ करोड ८७ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि फण्ड रू. ४ करोड २९ लाख नोक्सानीमा थियो । 

नबिल इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

नबिल ब्यालेन्सड् फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)