ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको सूचीकृत धितोपत्रमा बढ्यो लगानी

२०८० असोज, १५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले भदौ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएका छन् । 

प्रभु सेलेक्ट फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ७१ करोड ५७ लाख लगानी गरेकोमा भदौ मसान्तमा बढाएर रू. ७४ करोड ५८ लाख पुगेको छ । त्यस्तै प्रभु स्मार्ट फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ४५ करोड २५ लाख लगानी गरेकोमा भदौ मसान्तमा बढाएर रू. ५० करोड ४६ लाख पुर्‍याएको हो ।

यस फण्डको न्याभ भने साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ५४ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ४५ पैसा कायम भएको हो । फण्डले भदौ मसान्तसम्ममा रू. ७६ लाख १५ हजार नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि फण्ड रू. १० लाख ४२ हजार नोक्सानीमा थियो । 

प्रभु सेलेक्ट फण्ड पनि भदौ मसान्तसम्ममा रू. २ करोड २४ लाख नोक्सानीमा छ । साउन मसान्तमा पनि फण्ड रू. १ करोड २२ लाख नोक्सानीमा थियो । त्यस्तै फण्डको न्याभ साउन मसान्तमा १० रुपैयाँ ९० पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ८२ पैसा कायम भएको हो ।  

प्रभु सेलेक्ट फण्डको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

प्रभु स्मार्ट फण्डको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)