ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामसङको ‘रमाइलो दशैं तिहार, मायाले भरौं घर परिवार’ अफर

२०८० असोज, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सामसङ नेपालले पर्व लक्षित ‘रमाइलो दशैं तिहार, मायाले भरौं घर परिवार’ अफर घोषणा गरेको छ । अफरमा ४१ प्रतिशतसम्मको छूटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्स पाइने बताइएको छ ।

अफरले टिभी, रेफ्रिजेरेटर र वाशिङ मेशिनको आकर्षक रेन्जलाई समावेश गरेको कम्पनीले जानकारी दिएको छ । जसमा क्यासब्याक अफरका साथै नयाँ टिभी खरीद गर्दा ३ वर्षको वारेन्टी पनि पाउने कम्पनीको भनाइ छ । 

सामसङको नियो क्युएलईडी टिभी खरीद गर्दा रू. ४१ हजार ६९० को बि४५० साउण्डबार सित्तैमा पाइने बताइएको छ । त्यस्तै इकोबबलको फ्रन्ट–लोड र टप–लोडका वाशिङ मेशिनको खरीदमा क्यासब्याक र फ्रिजको डीआइटी कम्प्रेसर तथा वाशिङ मेशिनको डीआइटी मोटरमा २० वर्षको वारेन्टी सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । मङ्सिर ४ गतेसम्म रहने यो अफर सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराउने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)