काठमाडौं। नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) पहिलोपटक राइड सम्पन्न गरेको छ ।
शनिवार आयोजित उक्त राइड टीभीएसको जनकपुर शोरूम (आर्यन आटोमोबाइल्स)बाट शुरू भएर बर्दिवास पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीबीच विभिन्न खेल समेत खेलाइएको थियो ।
करीब ५० जना राइडर सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ प्रशासनको अनुमति लिएर सञ्चालन गरिएको बताइएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले सडक सुरक्षाको जानकारी प्रदान गर्दै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।