ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असोज २९ गतेदेखि अवितरित हकप्रद शेयर विक्री गर्दै मल्टीपर्पस फाइनान्स

२०८० असोज, १७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद शेयर यही असोज २९ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले यसअघि भदौ १० देखि ३१ गतेसम्म ३५ प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको यो शेयर कात्तिक १३ गतेसम्म लिलामीमा विक्री खुला गर्न लागिएको हो । कुल कित्ता हकप्रद शेयरमध्ये संस्थापकतर्फ ८२ हजार १२३ कित्ता र सर्वसाधारणतर्फ ६० हजार ६५० कित्ता छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गरी असोज १२ गते बाँडफाँट गरेको थियो । 

अवितरित हकप्रद शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा संस्थापकतर्फको शेयरको लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फको शेयरका लागि न्यूनतम १०० कित्ता माग गर्न सकिनेछ । अधिकतम कित्ताका लागि भने हद तोकिएको छैन ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालय भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, दाङ, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिनेछ । साथै मल्टीपर्पस फाइनान्सको जनकपुरमा रहेको कार्यालयबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ । अवितरित हकप्रद शेयरसमेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)