ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

२०८० असोज, १७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गरेकाले आज अर्थात् असोज १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ९४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २६ गते साधारण सभा बोलाएको छ । सभा पर्वतको रोयल कुश्मा रिसोर्टमा उक्त दिन दिउँसो १ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)