ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामान्य अंक बढ्यो नेप्से, बैंकिङबाहेक सबै समूहगत परिसूचकमा हरियाली

२०८० असोज, १७  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बुधवार नेप्से परिसूचक सामान्य अंक बढेको छ । यस दिन नेप्से परिसूचक ९ दशलमव २४ अंक अर्थात् शून्य दशमलव ४७ प्रतिशत बढेर १ हजार ९६७ दशमलव ९७ विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १३ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०४ प्रतिशत वृद्धि भएको छ । २८४ धितोपत्रको ४३ लाख २३ हजार २१ कित्ता शेयर ५८ हजार ७४१ पटकमा रू. १ अर्ब १८ करोड बराबरको शेयर कारोबार भएको छ ।  

कारोबारमा आएका धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३०३ दशमलव ६० पुगेको छ । त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ३७० दशमलव ३० पुगेको छ । 

बुधवार सबैभन्दा बढी समता घरेलु लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ६१ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६५० मा झरेको छ । त्यस्तै हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव ५५ प्रतिशत घटेर रू. ७०० दशमलव ६० कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ६ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू. ४ करोड ३० लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैकिङ समूहको परिसूचक स्थिर छ भने बाँकी सबै समूहगत परिसूचक बढेका हुन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक १ दशमलव ५२ प्रतिशत वृद्धि भएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)