ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेट, दुई देशको तनावपूर्ण सम्बन्ध सुधारिने !

२०८० कात्तिक, ११  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

वासिङ्टन डिसी (अमेरिका) । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमण पूर्व दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको आशय प्रतिबिम्बित टिप्पणी भएको छ । 

विश्वका दुई महाशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकाङ्क्षाका बीच यो भेटलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।  

ह्वाइट हाउसले जनाए अनुसार राष्ट्रपति बाइडेनले संयुक्त राज्य अमेरिका र चीनले आपसी सम्बन्धमा प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक ढङ्गले व्यवस्थापन गर्न र सञ्चारको ढोका खुला राख्न आवश्यक रहेको कुरामा जोड दिएका छन् । उनले संयुक्त राज्य अमेरिका र चीनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने कुरामा जोड दिएका हुन् । 

पछिल्लो समय दुई देशबीच बढ्दो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने सम्भावना खोजिरहेको देखिन्छ । 

राष्ट्रपति बाइडेन र मन्त्री वाङबीच ह्वाइट हाउसको रुजवेल्ट कक्षमा भएको सो भेटवार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान पनि उपस्थित थिए । प्रवक्ता जोन किर्बीका अनुसार बाइडेनले बैठकलाई सकारात्मक भन्दै वार्ता जारी राख्ने राम्रो अवसरको रूपमा हेरेका छन् । यद्यपि, बेइजिङले अर्को महीना हुने वार्षिक एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका लागि सान फ्रान्सिस्को जाने वा नजाने बारे स्पष्ट पारेको छैन । 

यसअघि चीनका राष्ट्रपति सी चिनफिङले विश्व शान्ति र विकासमा अमेरिका–चीन सम्बन्धको प्रभावलाई उद्धृत गर्दै बेइजिङ वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । उनले विभिन्नतालाई राम्ररी व्यवस्थापन गर्न, एकअर्काको प्रगतिमा योगदान पुर्‍याउन र साझा समृद्धिको दिशामा अघि बढ्न बेइजिङ तयार रहेको बताएको छ। रासस/सिन्ह्वा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)