ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक संकटको असर बैंकको वित्तीय विवरणमा : नाफा घट्दा, खराब कर्जा दोब्बर 

२०८० कात्तिक, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। कोभिड–१९ महामारी, रूस–युक्रेन युद्धलगायत कारण आर्थिक गतिविधि सुस्त हुँदाको असर बैंकहरूको वित्तीय विवरणमा पनि देखिन थालेको छ । 

चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा बैंकहरूको नाफामा उल्लेख्य गिरावट आउँदा खराब कर्जामा भने उच्च वृद्धि देखिएको छ । गत आवको पहिलो त्रैमासमा १ दशमलव ७१ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत खराब कर्जा यो वर्ष पहिलो त्रैमासमा ३ दशमलव ४० प्रतिशत पुगेको हो । 

गत आवको पहिलो, दोस्रो र तेस्रो त्रैमाससम्म नाफाको वृद्धिदर घटे पनि चौथो त्रैमासमा आइपुग्दा सुधार देखिएको 

थियो । यसै गरी गत आवको शुरूदेखि नै लगातार उकालो लागेको खराब कर्जामा पनि आवको अन्त्यमा आइपुग्दा सुधार भएको थियो । 

तर, उक्त सुधार टिक्न सकेन । चालू आवको पहिलो त्रैमासमै बैंकहरूको प्रदर्शन खराब देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत आवको पहिलो त्रैमासमा ५ दशमलव ९४ प्रतिशत, दोस्रोमा ११ दशमलव १० प्रतिशत र तेस्रोमा ११ दशमलव ६७ प्रतिशत नाफा वृद्धि भएको थियो । चौथो त्रैमासमा आइपुग्दा नाफा वृद्धिदर २४ दशमलव ९३ प्रतिशत पुगेको थियो । चालू आवको पहिलो त्रैमासमा भने बैंकहरूको नाफा करीब १९ प्रतिशत घटेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले कुल १३ अर्ब ४७ करोड खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा १२ ओटा बैंकको नाफा घट्दा आठओटाको बढेको छ । कृषि विकास बैंकको नाफा ऋणात्मक छ । बैंकहरूको खराब कर्जा वृद्धिसँगै जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने रकम बढेपछि नाफामा असर देखिएको हो । 

बैंकहरूको औसत खराब कर्जा गत आवको पहिलो त्रैमासमा १ दशमलव ७१, दोस्रो त्रैमासमा २ दशमलव ३१ प्रतिशत र तेस्रो त्रैमाससम्ममा ३ दशमलव शून्य ४ प्रतिशत थियो । गत आवको चौथो त्रैमासमा खराब कर्जा घटाएर २ दशमलव ८ प्रतिशतमा सीमित गरेकोमा चालू आवको पहिलो त्रैमासमा ३ दशमलव ४० प्रतिशत पुगेको छ । कृषि विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै ५ दशमलव ३३ प्रतिशत पुग्दा कुमारीको ४ दशमलव ८९ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगाको ४ दशमलव ८३, लक्ष्मी सन्राइजको ४ दशमलव ६९, हिमालयनको ४ दशमलव ६७ र ग्लोबल आइएमई बैंकको ४ दशमलव ३८ प्रतिशत पुगेको छ ।

आर्थिक गतिवधिमा कमी आउँदा बैंकहरूको कर्जा असुली प्रभावित भएसँगै खराब कर्जा बढेको हो । खराब कर्जा वृद्धिले वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएको संकेत गर्छ । वाणिज्य बैंकहरूको खुद नाफा घटेपछि तिनका शेयरधनीलाई वितरणयोग्य नाफा पनि कमजोर भएको छ । बैंकहरूले चालू आवको पहिलो त्रैमासमा १७ अर्ब २६ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६१ प्रतिशत कम हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)