ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकको किस्ताको भाखा सारिदिन ईटा व्यवसायीको आग्रह

२०८० कात्तिक, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। इँटा उद्योग तथा यससँग सम्बद्ध व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता तिर्ने भाखा २०८२ असार मसान्तसम्म सारिदिन आग्रह गरेका छन् । कोभिड महामारीपछि मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको र सरकारको पूँजीगत खर्च पनि हुन नसकेकाले निर्माण क्षेत्र सुस्त बनेको भन्दै उद्योगी व्यवसायीले यस्तो अर्थमन्त्रीलाई यस्तो आग्रह गरेका हुन् ।

विषम परिस्थितिबाट उद्योग बचाउन बैंकहरूले लिइरहेको नियमित ऋणको किस्तालाई दुई वर्षपछि सारिदिन आग्रह गर्दै कोशी अञ्चल इँटा उद्योग व्यवसायी संघले मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन् । संघका महासचिव सन्तोष भगतले कोभिडको महामारीपछि भौतिक पूर्वाधार निर्माणले गति लिन नसकेको र आर्थिक सुस्तीका कारण सर्वसाधारणले घर तथा आवास निर्माण घट्दा इँटा उद्योग क्षमताको ७५ प्रतिशतमा मात्र चलेको बताए ।

अन्तरराष्ट्रिय बजारमा कोइलाको उच्च मूल्यवृद्धि, बजारमा इँटाको मागमा आएको ह्रास, बैंकको चर्को ब्याजदर, किस्तामा कडाइ जस्ता कारण इँटा उद्योग संकट उन्मुख बनेको ज्ञापनपत्रमा उल्लेख छ । यस्तो अवस्थामा लगानीको सुरक्षा र उद्योगको संकट निवारणका लागि ब्याज घटाइदिन र किस्ता तिर्ने अवधि बढाइदिन आग्रह गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)